ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णय- आगामी भदौमा विधान महाधिवेशन गर्ने

ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णय- आगामी भदौमा विधान महाधिवेशन गर्ने
+
-

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

यसको प्रस्ताव स्थायी कमिटी बैठक हुँदै केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पुगेको थियो ।

विधान महाधिवेशनका निम्ति चार समितिहरू प्रस्तावित छन् ।  केपी शर्मा ओली संयोजक रहने गरी राजनीतिक प्रतिवेदन मस्यौदा समिति छ। यसमा वामदेव गौतम, रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे सदस्य छन् । यस्तै संयोजक ईश्वर पोखरेल रहने गरी संगठनात्मक प्रतिवेदन मस्यौदा समिति छ ।

यसमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल सदस्यहरु छन् । संयोजक विष्णु पौडेल रहने गरी विधान संशोधन मस्यौदा समिति छ । सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् ।

संयोजक रामबहादुर थापा ‘बादल’ रहेको व्यवस्थापन समिति छ। सदस्यहरुमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठखिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?