एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु

एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु
+
-

काठमाडौँ— एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी रहेको पिडिलाइट इन्डस्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ।

पिडिलाइटले हालसालै मात्र अमेरिकाको हुनटसम्यान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको छ।

एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको छ। त्यस्तै, मार्वल, ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफँै प्रयोग गर्नका लागि रुचाइएको ब्रान्ड हो।

एरल्डाइटले प्रयोगको व्यापक दायरा कभर गर्छ र यसले उपभोक्ता तथा निर्माण क्षेत्र र औद्योगिक प्रयोगमा उत्पादन र प्रदर्शनको लाभ अफर गर्छ।

पिडिलाइट इन्डस्ट्रिजका प्रबन्ध–निर्देशक भरत पुरीले भने, ‘एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठित र प्रसिद्ध ब्रान्ड हो। यसले हाम्रो एड्हेसिभ र सिलेन्ट ब्रान्डको पोर्टफोलियो अझ बलियो बनाउन मद्दत गर्छ र हाम्रो प्रोडक्ट पोर्टफोलियोलाई पूरा गर्छ। यस कदमपछि हामी विश्वस्त छौँ कि एरल्डाइट नेपालमा पिडिलाइट वस्तुको रेन्जमा एक बलियो हिस्सा हुनेछ।’

नेपालमा एरल्डाइट धेरै आकारमा उपलब्घ हुनेछन् (एरल्डाइट स्टानडर्ड १३ ग्राम, ३६ ग्राम, १८० ग्राम, ४५० ग्राम र एरल्डाइट के एल इ एआर १० ग्राम, ९० ग्राम, १८० ग्राम र एरल्डाइट ए डब्लु १०६ (१ केजी० र एरल्डाइट एचभी९५३ ८०० ग्राममा उपलब्ध हुनेछन् ।)
यी प्रोडक्टको प्रतिस्पर्धात्मक रूपमा मूल्य निर्धारण भएको र केही महिनाभित्र पूरा नेपालभर उपलब्ध हुनेछन्।

नेपालमा करिब २५ वर्षअघि पिडिलाइटले आफ्नो यात्रा सुरु गरेको थियो र आजको दिनमा पिडिलाइट अन्तर्राष्ट्रिय बजारको अग्रणी रहेको छ।
पिडिलाइट नेपाली बजारको प्रसिद्ध ब्रान्ड हो। यस अन्तर्गत(फेबिकोल)उच्चस्तरको एड्हेसिभ र (डा. फिक्सिट) सुरक्षित स्वस्थ घरहरुकालागिअग्रिम वाटरप्रुफिङ समाधानका लागि परिचित छ।

साना बच्चाको कलाका लागि अकरोन ब्रान्ड र वयस्कको कलाका लागि एफयभीआइसीआरवाइएल, प्लम्बिङ क्षेत्रका लागिएम—सिलजस्ता ब्रान्डले उपभोक्ता तथा व्यवसायीको मन जित्न सफल भएको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?