लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई पुनः सञ्चालनमा ल्याइने

लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई पुनः सञ्चालनमा ल्याइने
+
-

काठमाडौँ– सुनसरीको दुहबीमा सञ्चालित लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ।

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल र वसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्रायः रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन्।

बन्द हुनुअघिसम्म १५ शय्या क्षमतामा सञ्चालनमा रहेको अस्पताल स्तरोन्नति गरी ५० शय्या बनाइनेछ। सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ।

सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिका साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ। अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग वसन्त चौधरी फाउन्डेसनले जुटाउनेछ।

नर्भिक इन्टरनेसनल हस्पिटलका संरक्षक वसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभवसमेत प्रयोग गरी पूर्वीनेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिन ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने, ‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग÷प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आईसीयूलगायत संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुनेछ। सो अस्पतालमा डायलासिस सेवासमेत उपलब्ध हुनेछ। अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा दिइनेछ।

अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । वैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवा सुरु गरिनेछ।

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास ०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए।

तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।

सो बेलासमेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योग सञ्चालित थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदुर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो। स्मरणरहोस्, नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै सय शय्याको अत्याधुनिक छुट्टै अस्पताल निर्माण गर्ने बताइसकेको।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?