
काठमाडौँ – अफगानिस्तानको विद्रोही संगठन तालिवानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गरेसँगै आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय समितिले सरकारलाई आग्रह गरेको छ।
अफगानिस्तानमा विभिन्न काम, पेसा र व्यवसायका कारण रहेका नेपाली नागरिकको सुरक्षाको जोखिम बढेको उल्लेख गर्दै तरुण दलले उनीहरुको उद्धारका लागि आग्रह गरेको हो।
‘यस्तो अवस्थामा द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकलाई सरकार आफैँले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरूको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भइदिन पनि नेपाल तरुण दल केन्द्रीय समिति नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ,’ नेपाल तरुण दल केन्द्रीय समितिका अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।