
काठमाडौँ– ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।
०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन्।
तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी ०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।
रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्थे।
रेग्मीले वेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका हुन्। बैंकिङ क्षेत्रसँग सम्बन्धित दर्जनाँै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन्।