लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बाेधन गर्ने

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बाेधन गर्ने
+
-

बुटवल – लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आज (मंगलबार) देखि शुरु हुँदैछ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर बहिर्गमन भएपछि बनेको माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको सरकारको सिफारिशमा प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन्।

साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। आज दिउँसो एक बजे बस्ने वैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्नेछन्।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नेछिन्।

मुख्यमन्त्रीले आजै विश्वासको मत लिने भनेर चर्चा गरिए पनि गठबन्धनले भने यसबारे निर्णय नभएको बताएको छ। अबको एक/दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीसहित कांग्रेस र माओवादीका १-१, जसपाका ३ र स्वतन्त्र गरी ७ सदस्यीय मन्त्रिमण्डल बनेपनि अब कांग्रेस र माओवादीका मन्त्री थप हुनेछन्। बढीमा १५ सदस्यीय मन्त्रिमण्डल बनाउने गरी गठबन्धनले छलफल चलाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?