एमालेको अवरोधपछि लुम्बिनीको प्रदेश सभा बैठक स्थगित

एमालेको अवरोधपछि लुम्बिनीको प्रदेश सभा बैठक स्थगित
+
-

बुटवल– लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ।

एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् ४ दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।

एमालेले आफुले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाएपनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।

एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी खत्री वलीलाई पार्टी विधानविपरीत काम गरेको भन्दै सांसद पदबाट बर्खास्त गरेको छ।

सो पत्र अनुसार उनीहरु पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जनाए। सदन शुरु भएलगत्तै उनले समय लिएर बोल्दै सदन चल्न नदिने जानकारी गराएका थिए।

ढकालले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे।

ढकालले संसद अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए।

विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि बुधबार दिउसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन्। सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको पत्र सचिवालयले कानुनी प्रक्रिया अनुसार अघि बढाउने बताएका छन्।

मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र केही विधेयकहरु पेश गर्ने कार्यसूची थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?