अस्ट्रेलियामा कोरोना सङ्क्रमण बढ्दै: न्यूसाउथवेल्समा ६ सय ८१ र भिक्टोरियामा ५७ सङ्क्रमित थपिए

अस्ट्रेलियामा कोरोना सङ्क्रमण बढ्दै: न्यूसाउथवेल्समा ६ सय ८१ र भिक्टोरियामा ५७ सङ्क्रमित थपिए
+
-

सिड्नी – अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा पछिल्लो २४ घण्टामा ६ सय ८१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।

राज्यमा हिजो ६ सय ३३ जना सङ्क्रमित भेटिएको तथ्याङ्कलाई पछि पार्दै आज रेकर्ड गरिएको सङ्ख्या सबैभन्दा उच्च रहेको छ।

न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले दैनिक प्रेस ब्रिफिङका क्रममा गत २४ घण्टामा १ लाख १० हजार कोरोना खोप लगाइएको जानकारी दिइन्। त्यसैगरि राज्यमा हालसम्म ५५ लाख कोरोना खोपको डोज लगाएको बताउँदै ५३ प्रतिशत जनसङ्ख्याले कोरोना खोपको पहिलो डोज लगाइसकेको बताइन्।

राज्यमा गत २४ घण्टामा एक जना वृद्धको मृत्यु भएपछि डेल्टा भेरिएन्ट सुरुवात  भएयता ६१ औं मृत्यु रेकर्ड गरिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा राज्यमा करिब एक लाख तीन हजारको हाराहारीमा कोरोना परीक्षण गरिएको थियोे ।

‘आगामी केही हप्ताहरू निकै कठिन हुनेछन् तर एकपटक खोप लगाउने दर उच्च कायम गर्न सक्यौं भने जीवन धेरै सहज हुने कुरामा कुनै सन्देह छैन। डेल्टा भेरिएन्टलाई शून्यमा ल्याउन सक्छौं भनेर हामीले झूठो कुरा गर्न चाहन्नौँ। यद्यपि डोहोर्थी रिपोर्टले भनेझैँ एकपटक दुवै खोपको दर ८० प्रतिशतभन्दा माथि पुगेपछि हामीले खोल्नुपर्छ, सबै जनाले डेल्टासँगै जिउन सिक्नुपर्दछ’, नियमित प्रेस ब्रिफिङका क्रममा प्रिमियर बेरिजिक्लिनले भनिन्।

त्यसैगरी भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै राज्यमा जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ९६ पुगेको छ। राज्यमा गत वर्षको सेप्टेम्बर ८ तारिखमा ७० जना सङ्क्रमित भेटिएपछिको सबैभन्दा बढी दैनिक सङ्क्रमित सङ्ख्या आज भेटिएको हो।

पछिल्लो २४ घण्टामा ४९ हजार ६ सय ७ वटा कोरोना परीक्षण गरिएको पनि भिक्टोरिया राज्यको स्वास्थ्य विभागले जनाएको छ। हालसम्म भिक्टोरियामा सबैभन्दा बढी दैनिक सङ्क्रमित सङ्ख्या गत वर्षको अगष्ट ४ तारिखमा ६ सय ८७ जना भेटिएका थिए।

त्यस्तै अस्ट्रेलियाको राजधानी क्यानबेरामा गत २४ घण्टाको अवधिमा १६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै राजधानीमा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ पुगेको जानकारी क्यानबेराको स्वास्थ्य विभागले दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?