१८ अंकले घट्यो नेप्से परिसूचक

१८ अंकले घट्यो नेप्से परिसूचक
+
-

काठमाडौँ– साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार ३१८० बिन्दुमा आइपुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

यस्तै, सेयर कारोबार पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ। हिजो बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १–१ अर्ब माथिको सेयर कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने १० मध्ये ७ वटा जलविद्युत् कम्पनी रहेका छन्।

अरुण काबेली र अरुण भ्यालीको समान एक अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको हुँदा नेसनल हाइड्रोपावरको ८३ करोड, रिडी हाइड्रोपावरको ५८ करोड र एचआइडिसीएलको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बिहीबार  ट्रेडिङ १९.५५ अंक, निर्जीवन बिमा कम्पनी ४५७.४७ अंक, अन्य ३४.२२, लघुवित्त ५०.६३ अंक र जीवन बिमा ४६८.५७ अंकले बढेका छन् भने बैंकिङ १९.५५, होटल र पर्यटन ३०.०७ अंक, विकास बैंक १६२.४५ अंक, जलविद्युत् १२३.३१ अंक, वित्त ७३.३१ अंक, उत्पादनमूलक १९.२८ अंक, म्युचल फण्ड ०.१ अंक र लगानी ४.९२ अंकले घटेको छ।

अधिकांश उपसमूह राताम्मे भए पनि जीवन र निर्जीवन बिमा समूहमा भने हरियाली छाएको छ। जीवन बिमा समूह ४६८.५७ अंक र निर्जीवन बिमा समूह ४५७.४७ अंकले बढेको छ।

लघुवित्त समूह ५० र अन्य समूह ३४ अंकले बढे पनि अरू समूहमा उल्लेख्य वृद्धि देखिएन। सर्वाधिक घट्ने समूहमा भने विकास बैंक समूह र जलविद्युत् समूह छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?