
काठमाडौँ – सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसैगरी, सरकारले भदौ ७ मा परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेको थियो।