सिड्नीमा लकडाउन थपियो, अति प्रभावित क्षेत्रमा कर्फ्यू

सिड्नीमा लकडाउन थपियो, अति प्रभावित क्षेत्रमा कर्फ्यू
+
-

सिड्नी – कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई एक महिना थपिएको छ । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी सेप्टेम्बर अन्त्यसम्म लम्बिएको हो।

लकडाउनबाट राज्यका ‘ग्रेटर सिड्नी’ क्षेत्र प्रभावित हुनेछ। राज्यमा पछिल्लो २४ घण्टा न्यूसाउथवेल्स ६ सय ४४ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने चारजनाको निधन भएको छ।

त्यसैगरी राज्यका अति प्रभावित १२ वटा स्थानीय सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातबाट लागू हुने गरी राती ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यूको घोषणा गरिएको छ भने राज्यभर मास्कलाई अनिवार्य बनाइएको छ। डेल्टा भेरियन्टको नयाँ लहर शुरू भएपछि प्रिमियर ग्लेडिज बेरिजिक्लिनले न्यूसाउथवेल्स राज्यमा गत जुन २५ मा पहिलोपटक लकडाउनको घोषणा गरेकी थिइन्।

‘हामीले लकडाउनलाई एक महिना थप्ने तथा अतिप्रभावित स्थानीय सरकारी क्षेत्रहरूमा थप नियमहरू लागू गर्नुको कारण भनेको खोपको पहिलो डोज लगाएपछि प्रभावकारी रूपमा काम गर्न कमसेकम दुईदेखि तीन हफ्ता समय लाग्ने हुनाले त्यसो गरिएको हो’, प्रिमियर बेरिजिक्लिनले लकडाउने थप्ने निर्णयका बारेमा बोल्दै नियमित पत्रकार सम्मेलनमा भनिन्।

भिक्टोरियामा ५५ नयाँ सङ्क्रमित

भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ स्थानीय कोरोना सङ्क्रमित थपिएका छन्। भिक्टोरिया राज्यका प्रिमियर ड्यानिल एन्ड्रूजले राज्यवासीलाई सावधान गर्दै अहिलेसम्म कडा लकडाउन गर्ने निर्णय नगरिए पनि आगामी केही दिनको अवस्था हेरेर त्यससम्बन्धी निर्णय लिने बताए।

‘मसँग अहिले कुनै नयाँ प्रतिबन्धसम्बन्धी घोषणा छैन तर त्यसो हुँदैन भनेर मैले भन्न सक्दिनँ। मन्त्रीहरू र सरकारी स्वास्थ्य अधिकारीहरू आज र भोलि बसेर तय गर्नेछौं कि यसबाट छुटकारा पाउनका लागि नियम र प्रतिबन्धतर्फ हामीले थप केही गर्न सक्छौँ’, शुक्रबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रिमियर एन्ड्रूजले भने।

राज्यमा गत २४ घण्टामा ४८ हजार २ सय ७३ जनाले कोरोना परीक्षण गरेको स्वास्थ्य विभागले जनाएको छ।

त्यस्तै अस्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबार १२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्यासँगै हाल राजधानीमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?