
काठमाडौँ – ओपोले २०२१ ओपो फ्युचर इमेजिङ टेक्नोलोजी लन्च इभेन्टको आयोजना गरेको छ।
अनलाइन इभेन्टमार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्युल्स र अल्गोरिदमलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीसँग सम्बन्धित विभिन्न नवप्रवर्तन सार्वजनिक गरेको थियो।
प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहज रूपमा कैद गर्न सघाउने उद्देश्यसाथ कम्पनीले आफ्नो ध्यान स्व—विकास र अन्तर्निहित इमेजिङ प्रविधिको विकासमा केन्द्रित गरिरहेको छ।
कम्पनीले सार्वजनिक गरेको नवप्रवर्तनमा ओपोको नेक्स्ट जेनेरेसन आरजीडब्ल्युबी सेन्सर, ८५—२००एमएम कन्टिनुओस अप्टिकल जुम, फाइभ—एक्सिस ओआईएस टेक्नोलोजी र आफ्नो स्वामित्वमा रहेका एआई अल्गोरिदमका शृंखलासहितको नेक्स्ट जेनेरेसन अन्डर स्क्रिन क्यामेरा रहेका छन्।
यी नयाँ प्रविधिको उपयोगमार्फत ओपोले लाइट सेन्सिटिभिटी, जुम क्यापेबिलिटी, स्टेबलाइजेसन, फ्युचर प्रडक्ट फोर्म फ्याक्टर प्रि—रिसर्चलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीका क्षेत्रमा ठूलो सफलता हात पारेको छ।
नयाँ सेन्सरः
ओपोको नयाँ—पुस्ताको आरजीबीडब्ल्यु सेन्सरले सुदृढ कलर परफरमेन्समार्फत उल्लेख्य रूपमा प्रकाश संवेदनशीलता बढाउँछ।
यसका लागि कम्पनीले अतिरिक्त ह्वाइट सब—पिक्सेल्स (डब्ल्यु), अभूतपूर्व डीटीआई प्रविधि र ओपोद्वारा स्व—विकसित फोर इन वान पिक्सेल अल्गोरिदमको प्रयोग गरेको छ।
यी नवप्रवर्तनका नतिजास्वरूप नयाँ सेन्सरले पछिल्ला सेन्सरका तुलनामा ६०% बढी प्रकाश ग्रहण गर्ने क्षमता बोक्छ। साथै, सफा—स्पष्ट र न्यून प्रकाश भएका स्थानमा पनि ३५% सम्म न्वाइज रिडक्सन गरी चहकिला तस्बिर र लिन सघाउँछ।
न्यून प्रकाश भएका स्थानमा उच्च गुणस्तरीय तस्बिर कैद गर्न सघाउनुका साथै नयाँ पुस्ताको आरजीबीडब्ल्यु सेन्सरले तस्बिर तथा भिडियो दुवैमा पोट्रेटलाई छाला, बनोट र टेक्स्चरमा सुधारमार्फत थप अर्थपूर्ण बनाउन सघाउँछ। नयाँ सेन्सर ओपोका उत्पादनमा सन् २०२१को चौथो क्वार्टरदेखि व्यावसायिक रूपमा उपलब्ध गराइने जानकारी दिइएको छ।
नयाँ मोड्युलः
नयाँ सार्वजनिक मोड्युल ८५—२००एमएमको कन्टिन्युओस अप्टिकल जुम हो। यसले निम्नलिखित स्ट्रक्चरल मोड्युलमा हार्डवेयर लेभलमा रिडिजाइन गर्छ ।
– यसमा पहिलो पटक जी+पी (ग्लास+प्लास्टिक) लेन्स प्रविधि अपनाइएको छ । अप्टिकल प्रभावमा बढावा दिनुका साथै उल्लेखनीय रूपमा अनावश्यक प्रकाशमा न्यूनीकरण ल्याउनेलगायत काममा सघाउन यसमा दुई निकै पातला, उच्च परिशुद्धता सहितका एस्फेरिक ग्लास लेन्सको प्रयोग गरिएका छन् ।
– टनल म्यागनेटोरेजिस्टेन्स सेन्सर (टीएमआर सेन्सर)को नवप्रवर्तनात्मक प्रयोगले क्यामेरा मोड्युल मातहतका लेन्सलाई थप स्थिर र सटिकतासाथ चल्न सघाउँछ ।
– नयाँ परिस्कृत गाइडिङ साफ्ट मोटरले लेन्स प्रणालीअन्तर्गत चलाउन सकिने गतिशील झुकावमा थप लचकता उपलब्ध गराउँछ।
यसले गर्दा उच्च म्याग्निफिकेसनमा निरन्तर अप्टिकल जुमका लागि टेवा पुग्छ ।
ओपोको फाइभ—एक्सिस् ओआईएस प्रविधि
नयाँ अल्गोरिदमः
ओपोले भविष्यका स्मार्टफोन्सका लागि आफ्नो नेक्स्ट जेनेरेसन अन्डर स्क्रिन क्यामेरा पनि प्रदर्शित गरेको छ। यसमा प्रयोग गरिएको नवप्रवर्तनात्मक पिक्सेल जियोमेट्रीले अन्डर—स्क्रिन क्यामेराको क्षेत्रमा ४००—पीपीआईको उच्च गुणस्तरीय डिस्प्लेको सुनिश्चितता प्रदान गर्छ।
पारदर्शी वायरिङ र नयाँ डिजाइनको प्रयोगले प्रयोगकर्तालाई उच्च डिस्प्ले गुणस्तर र आनन्ददायी दृश्यानुभूति प्रदान गर्छ। स्क्रिनमा एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्वअन्तर्गत नयाँ समाधान र ओपोको सटिक अल्गोरिदम कम्पेन्सेसन प्रविधिसँगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाशमाथिको नियन्त्रणको सटिकतालाई मात्र २%को डेभिएसनमा सीमित गर्छ। साथै, स्क्रिनको आयु ५०% सम्म लम्ब्याउने क्षमता राख्छ।
साथै, ओपोको यूएस रिसर्च इन्स्टिच्युटले इमेजिङ एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ। तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुनेलगायत एचडीआर र एडब्ल्युबीजस्ता समस्या समाधान सम्मिलित छन्।
उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्बिर तथा दृश्य कैद गर्न सकुन् भन्ने सोचसाथ ओपोले आफ्नो एआई डिफ्राक्सन रिडक्सन मोडललाई दसौँ हजार तस्बिरका सहायताले तालिम प्रदान गरिसकेको छ।
विश्वभरका उपभोक्ताको परिवर्तनशील मागलाई सम्बोधन गर्न ओपोले आफ्नो विश्वव्यापी आरएण्डी क्षमतालाई थप सबल पार्दै लगेको छ। ओपोसँग ६ रिचर्स इन्स्टिच्युट, ५ आरएण्डडी केन्द्र र विश्वभर १० इमेजिङ ल्याब्स छन्।
भविष्यमा पनि ओपोले स्व—विकसित इमेजिङ प्रविधिको कार्यान्वोयनमा आफ्नो ध्यान केन्द्रित गर्दै औद्योगिक पार्टनरसँगको सहकार्यलाई थप मजबुत तुल्याउँदै प्रयोगकर्तालाई अझ सुदृढ इमेजिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।