कोरोना महामारी नियन्त्रण कोषमा कुमारी बैंकद्वारा सहयोग

कोरोना महामारी नियन्त्रण कोषमा कुमारी बैंकद्वारा सहयोग
+
-

काठमाडौँ – दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित कोरोना महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ।

कोरोना भाइरस महामारीको रोकथामसाथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित विविध क्षेत्रलाई उजागर गर्नेलगायत न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रम गर्दै आएको जनाएकाे छ।

बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्न व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यको सराहनास्वरूप उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकलाई देशव्यापी सक्रिय एटीएम सेवा नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?