‘अध्यादेश विधेयकका कारण देश अस्थिरताको भुमरीमा पर्छ’

‘अध्यादेश विधेयकका कारण देश अस्थिरताको भुमरीमा पर्छ’
+
-

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले अध्यादेश विधेयकका कारण देश अस्थिरताको भुमरीमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘ओली सरकारले ४० प्रतिशतको सीमासहित दल विभाजनको विधेयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले २० प्रतिशतको नयाँ प्रावधान राखेर विधेयक ल्याएको छ। यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले भने।

कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै राणाले आलोचना गरे।
‘गत चुनावपछि दुईवटा ठूला दल थिए। कम्युनिष्ट धारको दल तीन टुक्रामा चकनाचुर भएको छ। कांग्रेस पनि अबको चार–पाँच महिनामा शासन सञ्चालन गर्न नसक्ने दल भनेर प्रमाणित हुनेछ,’ उनले भने।

‘यस अवस्थामा महाधिवेशनबाट खारिएको राप्रपा राजसंस्था र हिन्दुत्वलगायतको नारा बोकेर जनतामाझ स्थापित हुनेछ। देशको हितका लागि आन्दोलन गर्नेछ,’ राणाले पार्टी केन्द्रीय कार्यालय चाबहिलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने।

कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका सप्तरी जिल्लाका प्रभावशाली नेता र स्वतन्त्र नागरिक सो अवसरमा राप्रपामा प्रवेश गरेका थिए।
०५४ सालको स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदको प्रत्यासी, नेपाली कांग्रेसको महासमिति सदस्य उमेशप्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता लिए।

नवप्रवेशीहरूलाई राप्रपा सचिवालय प्रमुख ध्रुव प्रधानले स्वागत गरेका थिए। धार्मिक आस्था र परम्परागत मूल्यमा अडेको राप्रपा नै हालको विकल्प भएको उनको दाबी थियो।

नवप्रवेशी उमेशप्रसाद साहले भने, ‘म बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग काम गरेको व्यक्ति हुँ। राजनीतिक जीवनमा मैले जेलनेल व्यहोरेको छु। विगत जे भए पनि, वर्तमान परिवेशमा मैले र मेरा साथीहरूले सही राजनीतिक पार्टी रोजेका छौँ। राजसंस्था र हिन्दू राष्ट्र नै समयको माग हो।’

राप्रपा सप्तरी जिल्ला अध्यक्ष उम्देश्वरप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरूमा महासमिति सदस्य तथा नेपाल एयरलाइन्सका पूर्वनिर्देशक र इन्जिनियर राजकुमार चौधरी, सुरेन्द्रकुमार साह, रामबहादुर साफी, मुकेश साफी, हरदेव सोनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफैत लाल खंग, छट्टुलाल खंग, हरीदेव मण्डल, शिवजी सदा, शंकर साह र लालु दास थिए।

यसैगरी, नेकपा परित्याग गरी राप्रपा प्रवेश गर्नेमा एमालेसम्बद्ध शिक्षक संगठन जिल्ला सदस्य जयाकुमारी महतो, काजल महतो, निलमदेवी सदा र राजकुमार सदा छन्। नेकपा माओवादीबाट राप्रपामा आबद्ध हुनेमा जाकिर रजक, अबदल गनी, सुशीला दास, निर्मला सहनी र चन्दु मिश्र थिए।

राप्रपामा प्रवेश गर्ने स्वतन्त्रहरूमा शंकर साह, हरिदेव मण्डल, बालसुन्दर खंग, शत्रुघनप्रसाद गुप्ता, अरविन्द साह, रवि साह, गणेश सहनी, सावित्री देवी, हनुषा देवी साह, वैद्यनाथ यादव (वमवम यादव), कपिलेश्वर मण्डल तथा कुपीरामपूरा मण्डललगायत थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?