२० युनिटसम्म ‍खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत्!

२० युनिटसम्म ‍खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत्!
+
-

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने लक्ष्यसाथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै डेढ महिनाभित्र कार्यान्वयनमा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरिन्।

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले त्यसका लागि विद्युत् प्राधिकरणसँग आफूहरूले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत् नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन्। मन्त्री भुसालले भनिन्, ‘२० युनिटसम्म विद्युत् बाल्ने कति छन् ? भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागेँ। त्योचाहिँ अहिले विद्युत् प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन्। उनीहरूलाई २० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन मैले नेपाल विद्युत् प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु। प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु। त्यो विद्युत् नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ।’

मन्त्री भुसालले गरिबी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन्। उनले गरिबी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दल आलोचनाको पात्र बन्न पुगेको उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?