अस्ट्रेलियाको न्यूसाउथवेल्समा ८ सय २५ कोरोना सङ्क्रमण थपिए

अस्ट्रेलियाको न्यूसाउथवेल्समा ८ सय २५ कोरोना सङ्क्रमण थपिए
+
-

सिड्नी – पछिल्लो २४ घण्टामा अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा ८ सय २५ नयाँ कोरोना सङ्क्रमण थपिएका छन् । यो सङ्ख्या कोरोना महामारीको शुरुवातदेखि २४ घण्टामा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो ।

त्यसैगरी राज्यमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म न्यूसाउथवेल्स राज्यमा डेल्टा भेरिएन्टको सुरुवात भएदेखि मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।

राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागे पनि खोप लगाउने दर अत्यन्तै महत्वपूर्ण रहेको बताइन्।

‘एकपटक खोपको दुवै डोज लगाउने दर ७० प्रतिशतमा पुग्यो भने त्यतिवेला कति सङ्क्रमित भए भन्दा पनि खोपको दर महत्वपूर्ण हुनेछ ।

हाम्रा लागि सबैभन्दा महत्वपूर्ण नाप भनेको मानिसहरूलाई अस्पतालबाट बाहिर राख्नु हो ।’ प्रिमियर बेरिजिक्लिनले नियमित प्रेस ब्रिफिङका क्रममा बताइन् ।

समुदायको खोपको महत्वलाई प्राथमिकता दिँदै प्रिमियर बेरिजिक्लिनले अहिलेको दरमै राज्यमा खोप अभियान सम्पन्न भएमा पूर्वानुमान गरिएको समयअगावै खोप लगाउन सफल हुने कुरा पनि उनले बताइन् ।

लकडाउनविरुद्ध प्रदर्शन नियन्त्रण गर्न १५ सय प्रहरी परिचालन

सिड्नीको शहरी क्षेत्रमा शनिबार आयोजना गर्न लागिएको लकडाउन विरोधी प्रदर्शनलाई रोक्नका लागि न्यूसाउथवेल्स प्रहरीले १५ सय प्रहरी परिचालन गरेको छ ।

‘कोभिड–१९ को डेल्टा भेरिएन्टले समुदायमा सङ्क्रमण सर्ने स्पष्ट खतरा हुन्छ । यो समय समूहमा जम्मा भएर प्रदर्शन गर्ने होइन ।’ न्यूसाउथवेल्स प्रहरीका असिस्टेन्ट कमिस्नर पिटर थर्टेलले बताए ।

न्यूसाउथवेल्स प्रहरीले शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म यात्रुबाहक सवारी साधनलाई सिड्नीको शहरी क्षेत्रमा यात्रुहरू लैजान निषेध गरेको छ ।

त्यसैगरी प्रदर्शनी आयोजना गर्ने आयोजकलाई ‘पब्लिक हेल्थ अर्डर’ लाई बर्खिलाप गरेको आरोपमा कम्तिमा तीन महिनाको जेल सजाय समेत तोकिसकेको छ ।

भिक्टोरियामा पनि लकडाउन

भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ६१ जना नयाँ स्थानीय कोरोना सङ्क्रमित थपिएपछि राज्यका प्रिमियर ड्यानिल एन्ड्रूजले शनिबार १ बजेपछि भिक्टोरियाको ‘रिजनल एरिया’मा पनि लकडाउनको घोषणा गरेका छन् ।

प्रिमियर डेनियल एन्ड्रूजले भिक्टोरियावासीलाई सावधान गर्दै सङ्क्रमितमध्ये धेरैजना समुदायमा उपस्थित रहेकाले कोरोना परीक्षण गर्नका लागि आव्हान समेत गरे ।

‘हामीले यसपटक युवा समूहका धेरै मानिसहरू सङ्क्रमित भएको फेला पारेका छौँ । महामारीको यो एउटा विशेषता बनेको छ । यो डेल्टाको साथै सन् २०२१ को समेत विशेषता बनिसकेको छ’ प्रिमियर एन्ड्रूजले नियमित प्रेसब्रिफिङका क्रममा भने ।

क्यानबेरामा ८ र क्वीन्सल्याण्डमा शून्य सङ्क्रमण

त्यस्तै क्यानबेरामा शनिबार ८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै राज्यामा जम्मा सङ्क्रमितको सङ्ख्या १ सय २ पुगेको छ ।

राज्यमा लकडाउन दोश्रो हफ्तामा चलिरहँदा सङ्क्रमण घट्दै जानु राम्रो प्रगति भएको उल्लेख गर्दै राज्यका मुख्यमन्त्री एक्ड्रयु बारले सन्तुष्टि व्यक्त गरे ।

त्यसैगरि क्वीन्सल्याण्ड राज्यमा पछिल्लो २४ घण्टामा नयाँ स्थानीय सङ्क्रमित भेटिएका छैनन् । दुईजना विदेशबाट आएका सङ्क्रमितहरू भेटिए पनि उनीहरू क्वारेन्टिनमा रहेको जानकारी राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट योङले दिएकी छन् ।

राज्यमा पछिल्लो आठ दिनमा एउटा मात्र स्थानीय कोरोना सङ्क्रमित भेटिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?