
बुटवल – लुम्बिनी प्रदेशसभाको बैठक नेकपा एमालेले आज पनि अवरुद्ध पारेको छ।
प्रदेशसभा सदस्य विमला वली खत्री र अजय शाहीलाई पदमुक्त गरेको सूचना टाँस गर्न माग गर्दै एमालेले लगातार प्रदेशसभामा अवरोध गर्दै आएको छ।
यसअघि सभामुख पूर्णबहादुर घर्तीले दुवैजनालाई पदमुक्त गर्न नमिल्ने जवाफ एमालेलाई दिएका थिए। घर्तीको यस्तो जवाफपछि एमालेले सभामुखलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको थियो।
प्रदेशसभा बैठक सुरु हुना साथ एमाले सांसदहरुले अवरोध गरेका हुन्। आजको बैठकमा मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत लिने आन्तरिक तयारी थियो।
तर प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचिमा विश्वासको मत लिने विषय समावेश छैन। एमाले सांसदहरु अहिले नाराबाजी गरिरहेका छन्।