लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
+
-

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परे। त्यस्तै विपक्षमा मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले जनाए।

मतदानमा ४२ सदस्य सहभागी भएका थिए। उपसभामुख कृष्णी थारू सदनमै रहेपनि मत व्यक्त गरिनन्। उनी एमालेबाट उपसभामुख निर्वाचित भएकी थिइन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य कायम छन्। विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्।

नेकपा (एमाले)का सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी वली खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन।

तस्बिरहरुः सीपी खनाल/देश सञ्चार। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?