एनआईसी एसिया बैंकको न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजना

एनआईसी एसिया बैंकको न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजना
+
-

काठमाडौँ– एनआईसी एसिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना खातावालालाई जनही १० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरिएको छ।

उनकी पत्नी रुकमती श्रेष्ठलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

साथै, यस बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेको पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकामा उनी पत्नी विनिता सुवेदीलाई दुर्घटना बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरिएकोे छ।

उनलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। यस बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५ सय ५० जनाभन्दा बढी ग्राहकले बिमाबापतको ३ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?