फाेटाे फिचर

रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा (तस्बिरहरु)

रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा (तस्बिरहरु)
+
-

बुटवल – अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। कतिपय स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ।

वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्ड अवरुद्व भएको छ। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ। जसका कारण पुर्ब–पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा गाडी चल्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुवानमा परेका छन्। त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्रमा जोखिम बढेको छ।

वर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ। त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।

अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे-सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?