नबिल बैंकद्वारा काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

नबिल बैंकद्वारा काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग समझदारी
+
-

काठमाडौँ– नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।

पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त साझेदारीमार्फत नगरपालिकाहरूले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम, तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरू सुन्न आतुर भएको बताए।

यस्तै, पनौती नगर प्रमुख न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे।

साथै, उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याई नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे।

पाँचखालमा आयोजित कार्यक्रममा उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा हातेमालो गर्ने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?