
काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर साओमीले शुक्रबार बजार अनुसन्धान फर्म (आईडीसी) को विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक २०२१ को रिलिजअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।
२०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार सेयरको युनिट सिपमेन्टका साथ सााओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको कम्पनीको दाबी गरेको हो।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी आइडीसीअनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छाँै। हामी हाम्रा मी प्रशंसकबाट प्राप्त भएको माया र समर्थनका लागि आभारी छौंँ र हामीले भविष्यमा आफ्ना लागि कायम गरेका सबै स्वर्ण लक्ष्य पूरा गर्नका लागि निरन्तर प्रयास र आशा राखिराखेका छौँं।’
मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ जस्ता मूल्य क्षेत्रमा धेरै उत्पादनको लन्चका कारण ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले दावी गरेको छ।
यसका साथै साओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्कसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादन सार्वजनिक गरेको छ।