
काठमाडौँ– ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा–६ स्थित जन नमुना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धारा निर्माण र व्यवस्थापन गर्नका लागि बैंकले जन नमुना माविलाई एक कार्यक्रममार्फत एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्दै आएको छ।