एनएमबी बैंक र नवीकरणीय ऊर्जा कोषबीच सम्झौता

एनएमबी बैंक र नवीकरणीय ऊर्जा कोषबीच सम्झौता
+
-

काठमाडौँ– एनएमबी बैंक लिमिटेडले दोस्रो कार्यकालका लागि ह्यान्डलिङ बैंकको विशिष्टीकृत सेवा प्रदान गर्न वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आएको छ।

केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता र मापदण्डअनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो।

केन्द्रले ‘क’ वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई बोलकबोल प्रतिस्पर्धाको लागि आह्वान गरेको थियो।

एनएमबिले दिगो बैंकिङअन्तर्गत देशमा वास्तविक अर्थतन्त्र प्रवर्द्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखी कार्य गर्दै आएको छ। बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोत उपयोग गर्ने र भारतबाट बिजुली र जीवशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ।

बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यताप्राप्त हरित कर्जा सिद्धान्तका आधारमा आफ्नो हरित कर्जा कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासलाई समेटेर बनाएको छ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जालगायत भायाविलिटी ग्याप फन्डिङमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्यान्डलिङ बैंक सेवा प्रदान गर्नेछ।’

यस सम्झौताले समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई मूल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि मद्दत गर्ने विश्वास राखिएकाे छ। साथै, यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोषेढुंगा सावित बै‌ंकले जनाएकाे छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?