शशि शाह र किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार

शशि शाह र किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार
+
-

काठमाडौँ – नेपाली हाँस्यव्यंग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू एक संक्षिप्त कार्यक्रमबीच शुक्रबार राजधानीमा वितरण गरिएको छ।

यसअनुसार ०७६ सालको हाँस्यव्यंग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गरियो। ०७७ सालको हाँस्यव्यंग्य अभिनयतर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरियो।

प्रत्येक पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार (१,११,१११) रुपैयाँ रहेको छ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशि शाहको नेपाली आधुनिक कलासँग हाँस्यव्यंग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए।

पुरस्कृत अर्का स्रष्टा किरण केसीको हाँस्यव्यंग्य अभिनय जीवन्त रहेको उनले बताए। यसैबीच, पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरुप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए।

सोही अवसरमा गुठीका अध्यक्षसमेत रहेका स्वर्गीय लुइँटेलकी पुत्री डाक्टर सुष्मा आचार्यका कृति ‘कसले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोहीको अंग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गरेका थिए।

गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले शाह र केसीजस्ता उच्च कोटीका प्रतिभालाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताए। कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार शुक्रबार प्रदान गरिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?