नेपाल लाइफ इन्स्योरेन्सले नेसनल मर्चेन्ट बैंकरकाे ५१ प्रतिशत संस्थापक सेयर किन्ने

नेपाल लाइफ इन्स्योरेन्सले नेसनल मर्चेन्ट बैंकरकाे ५१ प्रतिशत संस्थापक सेयर किन्ने
+
-

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेसनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

काठमाडौँमा शनिबार आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेसनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी ३० करोड हुनेछ। कार्यक्रममा दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेस्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे।

नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजत पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रूपमा काम गर्दै जाने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्रान्ड रहन सफल भएको बताउँदै अब नेसनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजीबजारमा सफल कम्पनीको रूपमा स्थापित गरिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?