गठबन्धन बैठकको निष्कर्ष

मन्त्रिपरिषद् बिस्तारबारे औपचारिक छलफल भोलिदेखि मात्रै

मन्त्रिपरिषद् बिस्तारबारे औपचारिक छलफल भोलिदेखि मात्रै
+
-

काठमाडौँ –  शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पूर्णता दिने मामिलामा सोमबारदेखि गठबन्धनमा औपचारिक छलफल हुने भएको छ।

एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पनि सरकारमा सामेल हुने निर्णयपछि मन्त्रिपरिषद् बिस्तारका मामिलामा आइतबार औपचारिक छलफल भएको र सोमबारदेखि यसले निश्चित दिशा लिने नेताहरुले दाबी गरेका छन् ।

सोमबारको गठबन्धको बैठक जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकाले देउवा नेतृत्वको मन्त्रिपरिषद् बिस्तारबारे अनौपचारिक छलफलमा सीमित भएको छ ।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले देशसञ्चारसँग भने,‘ आजको गठबन्धनको बैठक अनौपचारिक थियो ,उपेन्द्र यादव विशेष कारणले बाहिर भएकाले । तर भोलिदेखि गठबन्धनमा आवद्ध सबै दलहरुबीच औपचारिक छलफल हुनेछ। त्यो मुख्यतया मन्त्रिपरिषद् बिस्तारमा केन्द्रित हुनेछ । अहिलेसम्म मन्त्रिपरिषद् बिस्तारमा बिलम्व हुनुको कारणले छर्लङ्गै छ।’

खड्काले नेकपा एकीकृत समाजवादी सरकारमा जाने निश्चित भइसकेकाले अब मन्त्रिपरिषद् बिस्तरमा बिलम्व नहुनेमा पनि उनले आश्वस्त पारे।

सोमबारको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सामेल भएका थिए ।

गत असार २९ गते देउवाले प्रधानमन्त्रीका रुपमा सपथ खाएका थिए । तर डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन ।

देउवाले त्यो बेला नेकपा माओवादी केन्द्रबाट दुई र आफ्ना पार्टीका तर्फबाट दुई गरी चार जनालाई मन्त्री बनाएका थिए । मन्त्रिपरिषद् बिस्तरमा बिलम्ब हुनुको कारण कांग्रेसले एमालेको विवादलाई मुख्य कारण मानेको छ।

एमाले एकताको सम्भावना रहेसम्म सरकारमा नजाने तर आफ्नो प्रतिपक्षा पनि गर्न नेपालले देउवालाई आग्रह गरेका थिए ।

अन्ततः देउवाले दलविभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने निश्चित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?