स्थायी कमिटी बैठकमा प्रचण्डको ‘ब्रिफिङ’: भोलि मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौँ

स्थायी कमिटी बैठकमा प्रचण्डको ‘ब्रिफिङ’: भोलि मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौँ
+
-

काठमाडौँ- सत्ता गठबन्धनले मंगलबार गठबन्धनमा आवद्ध दलहरुलाई कति र कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्।

सोमबार सत्ता गठबन्धनको बैठकपछि आयोजित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले त्यस्तो ‘बिफ्रिङ’ गरेका हुन् ।

बैठकमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले मंगलबार बिहान आफूलगायत प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बसेर कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाउने सहमति भएको जानकारी गराएका छन्।

‘मन्त्रिपरिषद् विस्तारमा भएको बिलम्बले जनतामा नकारात्क सन्देश प्रवाह भइरहेको छ। अब यसमा ढिलाइ गर्न हुन्न भन्नेमा सबैको सहमति छ। भोलि बिहान यसको टुंगो लगाउँछौँ,’ प्रचण्डलाई उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले देशसञ्चारसँग भने।

मंगलबार कसले कति र कुन मन्त्रालय पाउने भन्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुले टुंग्याएपछि मात्रै दलहरुले सरकारमा आफ्नो पार्टीका तर्फबाट कसलाई पठाउने भन्नेमा केन्द्रीत हुने ती नेताको भनाइ छ।

उनले भने,‘अहिलेसम्म कसले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो नलाग्दा कसलाई सरकारमा पठाउने भन्नेबारे ठोष छलफल गर्न सकिएको छैन।’

यसका साथै बैठकमा सरकारको काम कारवाही प्रभावकारी बनाउन दबाब दिन आवश्यक रहेको स्थायी कमिटी सदस्यहरुले बताएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?