बामदेव गौतम निःशर्त आएमात्रै माधव नेपालले स्वागत गर्ने, नत्र अर्को पार्टी खोल्न सुझाव

बामदेव गौतम  निःशर्त आएमात्रै माधव नेपालले स्वागत गर्ने, नत्र अर्को पार्टी खोल्न सुझाव
+
-

काठमाडौँ- नेकपा एमालेका प्रदेशसभा सदस्य र स्थानीय निर्वाचित जनप्रतिनिधि अबको ८ दिनभित्र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा जाने/नजाने भन्ने निर्क्यौल गर्नुपर्ने बाध्यतामा परेका छन्। निर्वाचन आयोगको आदेश उनीहरुले अवज्ञा गर्ने स्थिति छैन।

त्यसलाई लिएर उनीहरुले यतिबेला गहन विचारविमर्शमा जुटेको देखिन्छ। यसले एमालेको केन्द्रीय तहका केही प्रभावशाली नेताहरुलाई पनि चाँडोभन्दा चाँडो आफ्नो भावी राजनीतिक गन्तव्यबारे स्पष्ट पार्नुपर्ने अप्रत्यक्ष दबाबमा पारेको छ। त्यसमध्येका एक हुन् एमाले उपाध्यक्ष बामदेव गौतम।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै नभई व्यूँतिएको एमालेमै पनि अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार गर्न असफल गौतम भावी राजनीतिक गन्तव्यलाई लिएर तनावमा परेको उनी निकट एक केन्द्रीय तहका नेताले बताए।

ती नेताले देशसञ्चारसँग भने, ‘कमरेड बामदेव जतिसक्दो छिटो आफ्नो भावी बाटो स्पष्ट पार्नुपर्ने दबाबमा हुनुहुन्छ। कता जाने भन्नेमा अझैँ उहाँ दोधारमै हुनुहुन्छ।’ ती नेताका अनुसार गौतमले अहिले जता आफ्ना शर्त पूरा हुन्छन् त्यतै जाने गरी ओली र नेपालसँग छुट्टाछुटै शर्त राखिरहेका छन्। सकेसम्म ओलीसँग नबस्ने गौतमको भित्री इच्छा छ।

त्यसको संकेत आफ्नी धर्मपत्नी तुलसा थापालाई नेपाल नेतृत्वको पार्टीमा आवद्ध हुन पठाएकोबाट पनि मिल्छ। यद्यपि ढिलो उपस्थित भएको भन्दै निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टीमा प्रवेश हुनबाट थापालाई बन्देज लगाएको थियो। ती नेताका अनुसार गौतमले नेपालसँग समाजवादी पाटी गठनको पूर्वसन्ध्यामा पार्टीमा आफ्नो बलियो हैसियतको माग गरेका थिए।

उनका लागि त्यो बलियो हैसियत पार्टी सहअध्यक्ष हो। यस्तो हैसियत खासगरी नेकपामा रहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाएका थिए। उनले आफ्नो हैसियत अनुसार काम गर्नबाट ओलीले रोकेको आरोप लगाए, पार्टी विभाजन हुनुमा त्यो मुख्य कारण बन्यो। तर नेता नेपाल गौतमलाई सहअध्यक्षका रुपमा आफ्नो पार्टीमा भित्र्याउने मनस्थितिमा छैनन्। नेपालले आफ्ना साथीहरुले गौतमको प्रस्ताव अस्वीकार गरेको गौतमसँग बताएका थिए।

‘उहाँ (गौतम) निःशर्त रुपले आउनुभयो भने स्वागत गर्छौँ। तर त्यस्ता कतिपय स्वार्थपूर्ण कुरा गर्नु भयो भने गाह्रो हुन्छ। यो शर्त अव्यवहारिक सिद्ध भइसक्यो। यस्तो शर्त राख्ने हो भने उहाँले आफ्नै पार्टी बनाए के फरक पर्छ र?’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले देशसञ्चारसँग भने ।

एकल अध्यक्षको व्यवस्था भएको नेकपा विभाजित नहुने पनि उनको बुझाइ छ। ती नेताका अनुसार गौतमले आफूलाई सहअध्यक्ष दिए समाजवादी पार्टीमा आउने शर्त भदौ ९ यता पनि राखेका छन्। नेपालले केही सीप नलागेपछि दिल्लीमा उपचारार्थ वरिष्ठ नेता झलनाथ खनाल आएपछि त्यसबारे सल्लाह गरेर निधो दिने आश्वासन पछिल्लो पटक गौतमलाई दिएका थिए।

सहअध्यक्ष बन्ने आफ्नो शर्त पूरा नगरेपछि गौतम भदौ ९ गते नेपालले नयाँ पार्टीको मान्यता लिने बेला निर्वाचन आयोग उनुपस्थित भए। खनाल मिर्गौला प्रत्यारोपण गरी सोमबार स्वदेश फर्किसकेका छन्। यसबारे जिज्ञासा राख्दा खनालले पनि घुमाउरो रुपमा गौतमको प्रस्ताव जायज नभएको संकेत गरे। यसबारे पार्टीमा सल्लाह हुन बाँकी रहेको खनालले सुनाए।

बरु उनले आफ्नै अनभुव सुनाए, ‘म पदीय कुरामा कुरा विश्वास गर्दिन। पदमा हुनेले काम पनि गर्दैन। पदका पछि हिँड्नेहरु स्वार्थी हुन्छ। म ७० नाघिसेकको छु। राजकीय पोष्टमा जान सक्छु। पार्टीको कार्यकारी पदमा बिरामी बसेर काम गर्न सक्दैन। त्यसैले केपी ओलीले पार्टी ध्वस्त बनाए।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?