
काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरूलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ।