जसपाको रिक्त समानुपातिक प्रदेश सभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी

जसपाको रिक्त समानुपातिक प्रदेश सभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी
+
-

बुटवल– लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)को रिक्त समानुपातिक प्रदेश सभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन्।

पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले सांसद कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि सो पद रिक्त थियो।

जसपा एक हुनुअघि राजपाको तर्फबाट बन्द सूचीमा पाण्डेपछिको क्रममा रहेकी भट्टराईलाई निर्वाचित गर्न जसपाले सिफारिश गरेको थियो। रिक्त रहेको पदमा जसपाको साउन ३२ को सिफारिशअनुसार भदौ १० गतेको बैठकले भट्टराईलाई निर्वाचित गर्ने निर्णय गरेको पत्र निर्वाचन आयोगले लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा पठाएको छ।

‍आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई मंगलबार पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन्।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्दसूचिमा रहेका उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ।

एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादवलाई जसपाले गरेको कारबाहीअनुसार प्रदेशसभाले सांसदबाट पदमुक्त निलम्बन गरेको थियो।

पदमुक्त गरेपछि पाण्डेसहितका ३ जनाले सर्वोच्चमा दिएको मुद्दा भने विचाराधीन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?