यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु

यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु
+
-

काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए।

उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयमार्फत वितरण गरिने पनि बताए।

अहिले स्मार्ट लाइसेन्स लिन करिब ७ लाख सेवाग्राही महिनाैँदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरण सुरु हुने पनि बताए।

उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६–७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए।

उनले अबको एक–डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताए।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिए। उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयलाई पत्राचार गरिसकेको उल्लेख गरे।

उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताए। नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाइ छ।

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको कार्यालयले जनाएको छ। विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?