काठमाडौँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने
+
-

काठमाडौँ – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिबीच सोमबार भएको बैठकले १ असोजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्न सक्ने उनले बताए।

‘अब कोभिड–१९ को जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले अभिभावकसँग समन्वय गरेर पठनपाठन सञ्चालन गर्न सक्नेछन्,’ उनले भने। प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको शिक्षा समितिका प्रतिनिधिको बैठकले विद्यालय खोल्नुअघि शिक्षक र अभिभावकसँग छलफल गर्नुपर्ने निर्णय गरेको छ।

उनीहरूसँगको छलफलपछि कोभिड–१९ संक्रमणको अवस्था मूल्यांकन गरेर मात्रै विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। कोभिड–१९ को दोस्रो लहर आएपछि १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो। त्यससँगै विद्यालय पनि बन्द भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?