एनसेलको ‘डेटा सधैं अन’ अभियान सुरु

एनसेलको ‘डेटा सधैं अन’ अभियान सुरु
+
-

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ।

यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ।

एनसेलले नवीन प्रविधि भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवा विस्तार गरिसकेको छ।

कोभिड–१९ को महामारीले निम्त्याएको विषम परिस्थितिबीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ र बाँकी स्थानमा पनि सेवा विस्तारका लागि कार्य निरन्तर गरिरहेको छ।

उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्यान्ड फोरजी, एलटीई सेवाले नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ।

यस महामारीले अर्थतन्त्रलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्यान्डबाट लाभ लिँदै पुनरुत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाइदिएको छ ।

देशभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन एनसेल प्रतिबद्घ छ।

फोरजी सेवाको लाभ लिन ग्राहकले एनसेलको सिम सजिलै प्राप्त गर्न सक्ने बताएको छ। एनसेलका अनुसार थ्रिजी सिम प्रयाेग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?