नबिल बैंकले ल्यायाे कर्मचारी दक्षता स्तरोन्नति गर्न ‘नबिल डिजी वर्कस्पेस’

नबिल बैंकले ल्यायाे कर्मचारी दक्षता स्तरोन्नति गर्न ‘नबिल डिजी वर्कस्पेस’
+
-

काठमाडौँ– नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ। यसले इन्ट्रानेटलाई विस्थापित गर्नेछ।

सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए।

सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन्। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइल हेरेर ग्राहकका काम स्वीकृत गर्न सक्ने बैंकले जनाएको छ। यसले कागजी प्रक्रियाबिना तीव्र रूपमा अनिर्णीत काम सम्पादन गर्न सहयोग पुग्नेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?