
बुटवल– लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिएकी छन्। सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा गएपछि जसपाले कारबाही गरेर पदमुक्त भएपछि जसपाको सांसद पद रिक्त थियो।
रिक्त स्थानमा समानुपातिक बन्दसूचिमा रहेकी मुडभरीलाई मधेशी समावेशी समूहबाट निर्वाचन आयोगको भदौ १० गतेको बैठकले निर्वाचित गरेको थियो। मुडभरी निर्वाचित भएसँगै लुम्बिनीमा जसपाका सांसद ४ जना पुगेका छन्।
जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो। पाण्डेय र यादव भने प्रत्यक्ष निर्वाचित हुन्। उनीहरूले सर्वोच्चमा दिएको मुद्दा विचाराधीन छ।
लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ ९सभामुखबाहेक०, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र राजनीतिक समूहका १ जना गरी ८१ जना सांसद छन्।