
काठमाडौं — नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिबार पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्ष्य गरी अभियान सञ्चालन हुने भएको छ।
नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रो एन्टेरोलोजिस्ट डा सन्दीपराज कुँवरले फ्री ओपीडी सेवा दिने भएका हुन्।
पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरूले समेत डा कुँवरको फ्री ओपीडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ।
नर्भिकले केही सातादेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।
यही क्रममा शनिबार डा कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपीडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन्। निःशुल्क ओपीडी सेवा लिन नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।