मुलकोटमा दिगो ग्रुपको चार्जिङ स्टेसन

मुलकोटमा दिगो ग्रुपको चार्जिङ स्टेसन
+
-

काठमाडौँ – दिगो ग्रुप अफ कम्पनिजले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ। दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ।

अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ। यो चार्जरले बीपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ। उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने तथा नेपाल विद्युत् प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगर सहभागी थिए। साथै, कार्यक्रममा रोयल विजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारी, सो क्षेत्रका समाजसेवी तथा यातायात व्यवसायीको पनि उपस्थिति थियो।

दिगो ग्रुपअन्तर्गत एनईभी नेपालका सीईओ दीपक थापाले प्राधिकरण शाखा प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवं व्यवसायी तथा होटल सञ्चालक रामहरि पौडेलले संयुक्त रूपमा चार्जिङ स्टेसन उद्घाटन गरे।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रोबस सञ्चालनमा छन्। डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किमि रेन्ज भएको ११ सिटको माइक्रोबस हो।

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ। यात्रुले होटलमा खाना–खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ। फास्ट चार्जरले विद्युतीय माइक्रो बसलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ।

दिगोले यस्ता चार्जर मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ। निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?