‘निसान लिफ’ अब टेस्ट ड्राइभका लागि उपलब्ध

‘निसान लिफ’ अब टेस्ट ड्राइभका लागि उपलब्ध
+
-

काठमाडौँ– निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन ‘निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता’ पायोनियर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभका लागि भदौ २८ गतेदेखि असोज ४ गतेसम्म’ निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सञ्चालन गर्न लागेको जानकारी दिएको छ।

यस सप्ताहमा इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ। यो टेस्ट ड्राइभ सप्ताह भदौ २८ देखि असोज ४ गतेसम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) सोरूममा बिहान १० बजेदेखि सुरु हुनेछ।

अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरणमैत्री सवारी साधनलाई नेपाल प्रवेश गराउनुलाई ग्राहकले एउटा सराहनीय कदमको रूपमा लिएको कम्पनीले जानकारी गराएको छ। नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भइसकेको छ।

यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्री भइसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किमि यात्रा तय गरिसकेको छ।

निसान लिफ नेपालमा ११ रंगमा उपलब्ध छ। यस गाडीको ४ ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्ड (एबीयस, इबीडी तथा बीए) ले गर्दा विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रूपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जनाएको छ।

यस गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैरविद्युतीय गाडीको तुलनामा ग्राहकलाई धेरै किफायती सावित हुनेछ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमिसम्मको दूरी तय गर्न सक्छ। एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्छ। त्यस्तै, निसान लिफ ० देखि १०० किमि घण्टा ७।५ सेकेन्डमा जान सक्छ र एसको अधिकतम गति १४० किमि घण्टा छ।

नेपालमा एउटा अत्याधुनिक तथा वातावरणमैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकका लागि कम्पनीले निसान लिफ ५९।९९ लाखमा उपलब्ध गराइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?