
काठमाडौँ– नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ।
आवेदनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति तोकिएको छ। प्रदेश १ का इच्छुकले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर व्यावसायिक आइडिया पेस गर्न सक्नेछन्।
पेस भएका आवेदनमध्ये एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट १० आइडिया सर्टलिस्टेड गरिनेछ। ती आइडिया पेस गर्ने प्रतिस्पर्धीले एक साता लामो बृहत् उद्यमशीलतासम्बन्धी प्रशिक्षण बुटक्याम्प, पाँच महिना लामो मेन्टरसिप र व्यावसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्नेछन्।
उक्त समारोहमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की रिमा श्रेष्ठले दोस्रो चरणबारे जानकरी दिएकी थिइन्।
उनले यो कार्यक्रमको लक्ष्य मकै, अलैँची, डेरी र तरकारी (चार क्षेत्र)मा कृषि व्यापार उत्पादन वा सेवाको मूल्य, सेवा र प्रशोधनका लागि प्लेटफर्म प्रदान गर्ने बताइन्।