नेपाल स्टिल विलेट उत्पादक संघद्वारा भन्सार दरमा भएको छुटको स्वागत

नेपाल स्टिल विलेट उत्पादक संघद्वारा भन्सार दरमा भएको छुटको स्वागत
+
-

मोरङ – नेपाल स्टिल विलेट उत्पादक संघले बजेटले तयारी स्टिल विलेट र स्पंज आइरनमा ४ दशमलव ७५ प्रतिशत भिन्नता कायमको निर्णयलाई स्वागत गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै सरकारले स्टिल विलेट र स्पंज आइरनको भन्सार दरमा समेत आंशिक रूपमा सम्बोधन गरिएकामा सकारात्मक भएको जनाएको छ।

संघले ३ वर्षदेखि सरकारसमक्ष १० प्रतिशत भन्सार छुटको माग गर्दै आएकोमा हाल आंशिक सम्बोधन भएको र आगामी दिनमा १० प्रतिशतभन्दा बढी छुट हुने अपेक्षासमेत गरेको छ।

स्वस्तिक रोलिङ मिल्सका सञ्चालक राजेन्द्र राउतले सरकारको बजेटले स्टिल उद्योगलाई सकारात्मक सम्बोधन गरेको र आगामी दिनमा मागबमोजिम छुटको व्यवस्था गर्नेमा विश्वस्त भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ समितिका उपाध्यक्ष राउतका अनुसार स्पंज आइरनबाट विलेट उत्पादन हुँदा आगामी दिनमा मुलुकभित्रै विलेटको उत्पादन गरी आयात प्रतिस्थापन हुनेछ।

हाल मुलुकमा उत्पादित विलेटबाट ५ सय डी डण्डी उत्पादन हुँदै आएको र विलेटको गुणस्तर वृद्धि गर्ने ल्याडल रिफाइनिङ फर्नान्स(एलआरएफ)प्रविधि भित्रिसकेको उनले बताए। स्पंज आइरनबाट विलेट उत्पादनका क्रममा २० हजार रोजगारी वृद्धि हुने बताएका उद्योगी राउतका अनुसार विलेट उत्पादनका क्रममा ३ सयदेखि ५ सय मेघावाट विद्युत् खपत हुनेछ।

यसबीच आयातमा प्रतिस्थापन हुँदै करिब वार्षिक ४० अर्ब वैदेशिक मुद्रा बचत हुने उनको भनाइ छ। त्यसैगरी, स्टिल विलेट उत्पादक संघका अनुसार हाल मुलुकमा ९ वटा स्टिल विलेट उद्योग सञ्चालित र थप ३ वटा स्थापनारत छ। हाल सञ्चालित उद्योगको उत्पादन क्षमताले डण्डी उत्पादनको ६० प्रतिशत धान्ने र नयाँ उद्योग लगाउन भइरहेको रोलिङ मिललाई बढीमा ९ महिनाको समय लाग्ने संघले जनाएको छ।

संघले हाल विलेटमा २ रुपैयाँ ५० पैसा प्रति किलोग्राम अन्तःशुल्क लाग्दै आएको र फलामे छड डण्डी उत्पादनमा १ रुपैयाँ ६५ पैसा प्रति किलोग्राम घटाउँदा कुल मूल्य फरक ८५ पैसा प्रति किलोग्राम वृद्धि भएको जनाएको छ।

संघका अनुसार विलेटबाट उत्पादन हुँदै आएका डण्डी अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नेछ। भारतमा समेत स्पंज आइरनबाट विलेट उत्पादन हुने हुँदा गुणस्तरमा कुनै फरक नहुने संघको दाबी छ। संघले नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनको नामबाट सरकारको निर्णयको गलत व्याख्या गर्दै भ्रम फैलाउने कार्य गरिएको भन्दै खण्डनसमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?