माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन

माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन
+
-

काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल नेतृत्वको वर्षमान पुन र श्रीराम ढकाल सदस्य रहेको कार्यदलले एकीकरण, धुव्रीकरण र समायोजनमा आएर पार्टीमा जिम्मेवारी नपाएका नेता तथा कार्यकर्ताहरुको अवस्थाबारे तयार पारेको प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा एकतामा आएकाको अवस्था कस्तो छ र उनीहरुलाई कुन स्थान दिने भन्नेबारे विस्तृत व्याख्या गरिएको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

मंगलबार पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा प्रतिवेदन बुझाइएको हो । बैठकमा आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको छ ।

सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिएको छ। आयोगको प्रमुख यसअघि विष्णुप्रकाश श्रेष्ठलाई तोकिएको थियो ।

आयोगलाई छिट्टै नै निर्वाचन नियमावली, निर्देशिकालगायत बनाउन पनि बैठकले जिम्मेवारी दिएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे भने छलफल नभएको ती नेताले बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’