
काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले २ जेठ २०७५ को नभई एकतापछिको एमाले भएको दाबी गरेका छन्।
काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यकर्ता भेलामा उनले अहिलेको एमाले २ जेठको भनेर बुझ्नु गलत भएको बताए।
त्यसअघि भेलालाई सम्बोधन गर्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहमति अनुसार एमालेलाई कुनैपनि जालझेल नगरी २ जेठमा फर्काउनुपर्ने बताएकी थिइन्।
तर पोखरेलले भने,‘ यो एमाले एकीकरण प्रक्रियासहितको एमाले हो। २ जेठको मात्रै एमाले भनेर बुझियो भने गलत हुनेछ। त्यसरी बुझ्ने प्रयास नगरियोस्।’
यसका साथै पोखरेलले एक जुट भएर अब १० औँ महाधिवेशन आयोजना गर्ने बताए। उनले एमाले विधानलाई पछ्याउन आवश्यक भएकाले महाधिवेशन समयमै गर्न आवश्यक भएको बताए।