वृज सिमेन्टद्वारा ५ लाख रुपैयाँ हस्तान्तरण

वृज सिमेन्टद्वारा ५ लाख रुपैयाँ हस्तान्तरण
+
-

काठमाडौँ– वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका परिवारलाई कम्पनीले ५ लाख आर्थिक सहयोग गरेको छ।

जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१ स्याउली वाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोराको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैयाँ बिमाबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले छोरी कुमारी मल्ललाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आबद्ध सदस्यहरूको ५ लाख बराबरको बिमा योजना अगाडि बढाएको छ ।

देशका विभिन्न स्थानमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीलाई ‘एक्सपर्ट मेसनक्लब’ मा आबद्ध गरी बिमासहितका थप सुविधा प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?