
काठमाडौँ – ९ वर्षदेखि मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको आई पे रेमिट प्रालिले हरितालिका तीजलाई लक्ष्य गरी घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर विजेता घोषणा गरेको छ।
सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आई पे रेमिट प्रालिका ब्रान्ड एम्बेसडर वर्षा शिवाकोटीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी हुन्।
हरेक दिन ५ जनालाई ५०० टपअप तथा सर्वाधिक लाइक र भ्युजका आधारमा १० जनाले १० हजार र बम्पर १ जनाले गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन्।
बम्पर विजेतामा रञ्जु देवकोटा छनोट भएकी छन्। सर्वाधिक लाइक र भ्युजका आधारमा अम्बिका भुसाल छनोट भएकी हुन्।
सधैँ ग्राहकको हितमा कार्य गरी अगाडि बढिरहेको आईपे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजना सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आईपे रेमिट प्रालिका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए। साथै, आईपे रेमिट प्रालिले दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु हुने जानकारी दिएको छ।