
काठमाडौँ – बैंक अफ काठमान्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तार गर्ने क्रममा ब्रिटिस कलेज काठमाडौंमा डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालनमा ल्याएको छ। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत यस बैंकको क्युआर कोड स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन्।
यस बैंक अफ काठमान्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारका लागि रणनीतिक महत्व भएका स्थान छनोट गरी क्युआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ।
यसै क्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीको बस, खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुरेन्ट, हस्पिटल तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको छ। बैंकले ९० शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ।