लुम्बिनी प्रदेश सरकारद्वारा १० विधामा ५७ जनालाई विभूषित गर्ने घोषणा (सूचीसहित)

लुम्बिनी प्रदेश सरकारद्वारा १० विधामा ५७ जनालाई विभूषित गर्ने घोषणा (सूचीसहित)
+
-

बुटवल- लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधामा ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ।

पदक सिफारिस समितिको सिफारिस अनुसार आज संविधान दिवसका अवसरमा प्रदेश सरकारले ४७ जनाको नाम घोषणा गरेको हो।

घोषणा भएका ५७ जनालाई प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन ३ गते विभूषण प्रदान गरिने छ।

प्रदेश प्रमुख सेवा पदक ‘क’ १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ‘ख’ २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ‘ग’ ४ जनालाई दिइने भएको छ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई दिइनेछ।

प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने भएको छ।

यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख बिभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट विसं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य(राजु नेपाली) लाई प्रदान गरिनेछ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको आन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरुद्ध आवाज उठाएको, किसानको शहादतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने राजपत्रमा उल्लेख छ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा शसस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भइ योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ।

मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका शसस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र सङ्घीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?