क्यान्सर, औलो र मिर्गौला प्रत्यारोपणको अस्पताल खोल्न सरकारलाई निर्देशन

क्यान्सर, औलो र मिर्गौला प्रत्यारोपणको अस्पताल खोल्न सरकारलाई निर्देशन
+
-

काठमाडौँ – संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले डायलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकमा इच्छाशक्तिको कमी भएकाले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताइन्।

उनले छिटोभन्दा छिटो डायलासिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिएकी छन्।

किड्नी फेल हुने समस्या नेपालीमा धेरै पाइएकाले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारका लागि विशेष अस्पताल बनाउन पनि सुझाव दिएकी थिइन्।

‘नेपालमा हाम्रो सबैभन्दा धेरै इच्छाशक्तिको कमी छ, त्यसलाई हामीले कसरी उजागर गर्ने, कसरी अघि बढाउने ? छलफल गर्न जरुरी छ। यसलाई जनचेतना मुलक कार्यक्रम, अन्तरक्रिया गरेर पनि आफूले गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्नुपर्ने आवश्यकता देख्छु यसका लागि मन्त्रालयले केही गरोस्, डायलासिसको मेसिन बढाउने कुराको योजना बनाउनुभएको छ, यो छिटो भन्दा छिटो डायलासिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरा चाँडो गरियोस्,’ सभापति घर्तीले भनिन्, ‘क्यान्सर औलोको उपचारका लागि विशेष हस्पिटल बनेका छन्, किड्नी फेल हुने समस्या नेपालमा अलि धेरै बढी भएको छ, त्यसलाई ध्यानमा राख्दै टिचिङ हस्पिटलको नजिकै क्यान्सर हस्पिटलको पाँच तले भवन बनाएको छ।’

किड्नीसम्बन्धी विशेष हस्पिटल बनाउनुपर्नेमा उनले जोड दिइन्। उनले भनिन्, ‘किड्नी फेल हुने कारण के हो भनेर अध्ययन गर्दा सुगरले धेरै समस्या पारेको छ, यसलाई कसरी रोक्ने भन्ने विशेष योजना बनाउनुपर्छ।’ सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?