ललिता प्रकरणमा मलाई फसाइयो: गच्छदार

ललिता प्रकरणमा मलाई फसाइयो: गच्छदार
+
-

काठमाडौँ – कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन्।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्दर्भिक रहेको बताए।

उनले प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडिदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार प्रक्रिया अगाडि बढाई मन्त्रिपरिषद्ले सामूहिक निर्णय गरे पनि आफूलाई पूर्वाग्रही रुपमा भ्रष्टाचारको मुद्दा चलाइएको बताए।

उनले आफूमाथि लगाइएको भ्रष्टाचारको मुद्दा प्रतिशोधपूर्ण रहेको पनि बताए। उनले भने, ‘प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको हो। उक्त गुरुयोजना मेरो निर्देशन र निर्णयले बनेको होइन। सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशानुसार प्रक्रिया अगाडि बढेकामा तह–तह हुँदै मसम्म आएको टिप्पणी बमोजिमको प्रस्तावउपर निर्णय हुनका लागि मैले मन्त्रिपरिषद्मा प्रस्ताव पेससम्म गरेको हुँ।’

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत पारित भई कार्यान्वयन अगाडि बढेको उनले बताए।

उनले भने, ‘यस्तो मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेस गर्ने मउपर मात्रै मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मउपर पूर्वाग्रह राखेको प्रमाणित गर्छ। मैले व्यक्तिगत रुपमा लाभ लिनु वा नेपाल सरकारलाई हानि पुर्‍याएको अवस्था नभएकाले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेसम्मको कार्य कदापि भ्रष्टाचारजन्य कार्य हुन सक्दैन।’

उपसभापति गच्छदारले कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे। उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडि बढ्न आफूले भूमिका निर्वाह गरेको बताए।

आफू कांग्रेसको संगठनलाई बलियो बनाउनका निम्ति कांग्रेससँग एकीकरण गरेको भन्दै उनले कुनै पनि गुट वा समूहको पक्षमा वकालत नगर्ने बताए।
उनले भने, ‘अधिवेशन स्वस्थ एवं प्रतिस्पर्धात्मक आधारमा सम्पन्न होस्। लोकतान्त्रिक, विधि प्रक्रियाबाट महाधिवेशन सम्पन्न होस्।’

उनले तत्काल कुनै गुट, कुनै ग्रुप र कुनै नेताको पक्षमा वकालत नगरेको बताए। उनले भने, ‘नेपाली कांग्रेसलाई मजबुद गर्न सबै गुटको समर्थन प्राप्त गरेर कांग्रेसको कुनै पनि पदमा म स्वीकार्य हुनेछु भन्ने मलाई पूरा विश्वास छ।’

उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष मुद्दा नचलाई छानीछानी मुद्दा चलाइएको बताए। अरूलाई दलीय संरक्षण प्रदान गरी आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भएको पनि उनले उल्लेख गरे।
उनले तत्कालीन कम्युनिस्ट सरकारले संवैधानिक निकायलाई दबाबमा पारी प्रतिपक्षलाई तर्साउने षड्यन्त्रस्वरुप मुद्दा चलाएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?