सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत करसहित वितरण गर्ने माछापुच्छ्रे बैंकको प्रस्ताव

सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत करसहित वितरण गर्ने माछापुच्छ्रे बैंकको प्रस्ताव
+
-

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिले ०७७।७८ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत करसहित वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले सेयरधनीलाई १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६ सय ३२ लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशअन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बंैकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

माछापुच्छ्रे बैंकले झापादेखि कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३४४ स्थानबाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बै‌किङ सुविधा प्रदान गरिरहेको छ।

साथै, देशभर २०३ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?